जीवन विकास लघुवित्त वित्तीय संस्थाको लाभांश प्रस्ताव

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको मंसिर ७ गते बसेको १०९ औ बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरण योग्य मुनाफाबाट १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०. ७३६८ प्रतिशत नगद लाभांश रहेको छ । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी छठौं वार्षिक साधारण सभाबाट पारिरत भए पश्चात् शेयरधनीलाई वितरण गरिनेछ । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार