सानिमा जिआईसी इन्स्योरेन्सको हकप्रद शेयर आउँदै

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको हकप्रद शेयर आउने भएको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकायसँग अनुमति मात्र गर्दै निवेदन दिएको हो ।

कम्पनीले १०:२.५ को अनुपातमा ५० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले ५० करोड रुपियाँ बराबरको ५० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हाल २ अर्ब रुपियाँ रहेको कम्पनीको चुक्ता पुँजी हकप्रद निष्कासन र बाँडफाँटपछि २ अर्ब ५० करोड रुपियाँ पुग्नेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार