CLI

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर खुल्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सको हकप्रद शेयरमा मंसिर ११ गतेदेखि पुस १ गतेसम्म आवेदन दिन सकिन्छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो ।

इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेकोहो ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज गरेको थियो।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनएलजी इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरु र लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

Leave Your Comment

Related News