महुली लघुवित्तको एफपीओ बोर्डबाट स्वीकृत

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट स्वीकृति पाएको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्कासनका लागि अनुमति माग गरे सँगै बोर्डबाट अनुमति प्राप्त गरेको हो । बोर्डबाट मंसिर १७ गते स्वीकृति पाएको जानकारी नेप्सेमार्फत गराएको हो ।

कम्पनीले २०८० साल भदौ २४ गते उक्त एफपीओ निष्कासनका लागि बोर्डसँग अनुमति माग गरेको थियो । कम्पनीको एफपीओ विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा एफपीओ निष्कासन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ३२ करोड २३ लाख ७८ हजार रुपैयाँ छ । दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १७०० रुपैयाँ नजिक छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार