माथिल्लो मैलुङखोलाको वार्षिक साधारण सभा पुस २५ मा हुने

काठमाडौं । माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडले आफनो एघारौं वार्षिक साधारण सभा पुस २५ गते बिहीबार गर्ने भएको छ ।

एघारौं वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १२ गते एक दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द गर्ने र नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नेप्से पुस ११ गते सम्म कारोबार भई शेयर खरिद गरी आफनो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरुलाई साधारण सभामा भाग लिन योग्य मानिने भएको छ ।

साधारण सभामा संस्थाले समान उद्देश्य भएका अन्य कुनै उपयुक्त कम्पनीसँग एकीकरण गर्ने विषय पेश गर्ने भएको छ । एकीकरणको पूर्ण अधिकार भने सञ्चालक समितिलाई दिने जनाइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार