१५ अंकले घट्यो शेयर बजार, ८ अर्ब ३६ करोडको कारोबार

Garima_Business-Loan3

काठमाडौं । बिहीबार शेयर बजारको सम्पूर्ण सुचकहरु घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से १५.९३ अंकले घटेर २७३४.९३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ५.०२ अंकले घटेर ४६४.०१ विन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार ३०७ वटा कम्पनीको १ करोड ६७ लाख ९७ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार पुग्यो । जुन बुधबारको तुलनामा ७६ करोड २७ लाख ८१ हजारले कम हो । बुधबार ३२० वटा कम्पनीको २ करोड ३३ लाख २ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ९ अर्ब १३ करोड २४ लाख ६८ हजार पुगेको थियो ।

बिहीबार ४० वटा कम्पनीको शेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार २ वटा समूह परिसूचक बढ्दा ११ वटा समूह परिसूचक घटेको छ । जीवन बीमा १०८ र व्यापार १८० अंकले बढ्दा बैकिङ १४, विकास बैंक ६४, वित्त ९६, होटल र पर्यटन २५९, जलविद्युत ३२, लगानी १.०३, उत्पादन र प्रशोधन ७८, लघुवित्त ५८, म्युअुचल फण्ड ०.०६, निर्जीवन बीमा २५, र अन्य समूह १० अंकले घटेको छ ।

बिहीबार सर्वाधिक कारोबार हुनेमा नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी र जानकी फाइनान्स रह्यो । नेपाल फाइनान्सको ४२ करोड १९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २९ करोड ३ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेडको २० करोड ८७ लाख, रसुवागढी हाइड्रोपावर कम्पनीको २० करोड ११ लाख र जानकी फाइनान्सको १३ करोड ९८ लाख बराबरको कारोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार