काठमाडौं । साताको पहिलो दिन शेयर बजारको अधिकांश सूचक घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.९६ अंकले घटेर ४५७.०४ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ३.०५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने २.२७ अंकले घटेको छ ।
आइतबार ३२१ वटा कम्पनीको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ४६ करोड ३ लाख ४ हजार रह्यो । जुन बिहीबारको तुलनामा ९० करोड ९३ लाख ८३ हजारले कम हो । बिहीबार ३०७ वटा कम्पनीको १ करोड ६७ लाख ९७ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार पुगेको थियो ।
आइतबार बजार पुँजीकरण रकम ४४ खर्ब ६० अर्ब २४ करोड २१ लाख रह्यो । आइतबार २७ वटा कम्पनीको शेयर मूल्य बढ्दा २१४ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आइतबार शतप्रतिशत समूह सूचकहरु घटेका छन् । बैकिङ २७, विकास बैंक ६१, वित्त ६२, होटल र पर्यटन १२४, जलविद्युत ७२, लगानी १.३९, जीवन बीमा ४२३, उत्पादन र प्रशोधन २२, लघुवित्त ७६, म्युअुचल फण्ड ०.१२, निर्जीवन बीमा १०९, व्यापार १०८ र अन्य समुह १६ अंकले घटेको छ ।
आइतबार सर्वाधिक कमाउनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, नेपाल फाइनान्स, रिभर फल्स पावर लिमिटेड,खानीखोला हाइड्रोपावर र वेष्ट फाइनान्स रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ६४ लाख, नेपाल फाइनान्सको १५ करोड ६८ लाख , रिभर फल्स पावर लिमिटेडको १५ करोड ६५ लाख ,खानीखोला हाइड्रोपावरको १३ करोड ७८ लाख र वेष्ट फाइनान्सको १२ करोड ९९ लाख बराबर करोबार भयो ।
आइतबार मानुषी लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो ।