काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।
मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४ .२८६ प्रतिशत बोनस शेयर र ०.७१४ प्रतिशत नगद लाभांश कर प्रयोजनको वितरण गर्ने निर्णय गरेको थियो ।
मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस अघिको लाभांशलाई संशोधन गर्दै १४ .२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कुल लाभांशमा परिवर्तन नहुने गरी कम्पनीले लाभांश संशोधन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा वितरण गर्ने प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।