काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २८ गते बिहीबार बसेको सञ्चालक समितिको निर्णयले सभा पुस २४ गते, बुधवारका दिन अनमोल क्याटरिङ्ग सर्भिस प्रालि, शंखमूल काठमाडौंमा आयोजना हुने भएको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३ /७४ र आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
त्यस्तै, सभाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा / नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्नेछ ।
महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को नियुक्ति एवम् पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ ।
त्यस्तै सभाले महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एवं पारिश्रमिक सर्मथन गर्ने र सञ्चालकहरूको आर्थिक वर्ष २०७३ /२०७४ र २०७४/७५ को बैठक भत्ता एवं सुविधाहरु अनुमोदन गर्नेछ । सञ्चालकहरूको बैठक भत्ता ६ हजार तथा सञ्चार तथा पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक १२ हजार प्रदान गर्न स्वीकृत गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १७ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन्