सानिमा माई हाइड्रोपावरले बोलायो पुस २८ मा साधारण सभा, लाभांश पारित गर्ने

Garima_Business-Loan3

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा पुस २८ गते बोलाएको छ । सभा सेलिब्रेशन हाईट,सुकेधारा काठमाडौंमा बिहान ११ बजे हुने बताइएको छ ।

सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्ने तयारी गरेको छ।

सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यसको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार