काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट यस वर्ष लाभांश वितरण नगर्ने जनाएको छ । संस्थाको मंगलबार बिहान ८ बजे बसेको सञ्चालक समितिको १९३ औं बैठकले गत आर्थिक वर्षसम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
विगतका वर्षहरुमा निरन्तर लाभांश वितरण गर्दै आएको संस्थाले यस वर्ष भने लाभांश वितरण नगर्ने भएको हो । गत वर्ष भने कम्पनीले कर समेत १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
संस्थाले गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय पनि गरेको छ।