काठमाडौं । मुक्तिानाथ विकास बैंकले यस वर्ष लाभांश वितरण नगर्ने जनाएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको ३४० औं बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको हो ।
आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण गरेको बैंकले यस वर्ष भने लाभांश वितरण नगर्ने भएको हो । बैंकले आर्थिक वर्ष २०७९/८० मा १० दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट कायम भएको वितरण योग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातमा राख्ने समेत निर्णय गरेको छ । गत आर्थिक वर्षको वित्तीय विरणहरु आगामी वािर्षक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने बताइएको छ ।