काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले आगामी ३८ औं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । कम्पनीका अनुसार वार्षिक साधारण सभा दिउँसो १२ बजे होडल ¥याडिसन, लाजिम्पाट, काठमाडौंमा बस्ने भएको छ ।
सभामा कम्पनीले ५० प्रतिशत नगद लाभांश प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०८१/८२ सम्मका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।