शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको छ । बैंकले सोह्रौँ वार्षिक साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेपश्चात नेप्सेले बैङ्कको  शेयरमूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात  बैंकको शेयरमूल्य  प्रतिशेयर ४४९ रुपैयाँ ५१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ४६३ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । समायोजित मूल्य कायम भएर अब बैङ्कको शेयर कारोबारमा आउने छ ।

बैंकले पुस १९ गतेलाई सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार