काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट यस वर्ष लाभांश वितरण गर्ने भएको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
पुस २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण हुनेछ ।