पाँचथर पावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने

Garima Samriddhi Yojana

काठमाडौं । पाँचथर पावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
हाल कायम रहेको जारी पूँजी १०० रुपैयाँ अंकति दरका ९६ लाख २५ हजार थानको १ः१ अनुपातमा ९६ करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले हेवा खोला ए जलविद्युत आयोजनाको बैंकको कर्जा भुक्तानी गर्ने उद्देश्यका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

असोज १० गते आएको बाढीले पाँचथर जिल्लाको हेवा खोलामा रहेको हेवा खोला ए जलविद्युत आयोजना १४.९ मेगवाट क्षमता परियोजनालाईे क्षति पुराएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार