राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको साधारण सभा पुस २८ मा

Garima Samriddhi Yojana

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन ।

सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १० गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस ९ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार