सामाजिक सञ्जाल मार्फत हुने ठगीबाट सचेत रहन टेलिकमको अनुरोध

Garima Samriddhi Yojana

काठमाडौं । नेपाल टेलिकमले आउदै गरेको क्रिसमस र नया बर्षो नाममा नेपाल टेलिकमको लोगोको समेत दुरुप्रयोग भएको जनाउदै यस प्रति सचेत रहन ग्राहक लगायत आम जनसमुदायमा आब्हान गरेको छ  ।

नेपाल टेलिकमका अनुसार सामाजिक सञ्जालमा केन्द्रीत ठगहरुले “हाल ‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु. ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भैरहेको पाइएकोले यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ” ।

कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र एक्स (X) लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको  आधिकारिक वेबसाइटलाई  मात्र  आधार  मानेर कम्पनीका सेवा वारेमा अद्यावधिक हुन ग्राहकहरुलाइ टेलिकमले अनुरोध गरेको छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार