नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Garima_Business-Loan3

काठमाडौं । नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैङ्कले साधारण सभा प्रयोजनार्थ पुस ७ गते अर्थात आइतबार बुकक्लोज गर्ने निर्णय गरेको छ  । बुक क्लोज अगाडि सम्म कायम शेयरधनीले कम्पनीहरुको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल एसबिआई बैंकले पुस २१ गते, आइतबार लाई साधारण सभा बोलाएको छ  साधारण सभाले हाल कायम चुक्ता पूँजीको ३.८० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.८५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित  गर्नुका साथै मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पनि पारित गर्नेछ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार