काठमाडौं ।विजय लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । बिहीबार बिहान ८ बजे बसेको सञ्चालन समितिले उक्त निर्णय गरेको हो ।
गत वर्ष पनि लघुवित्तले लाभांश वितरण गरेको थिएन । अघि आर्थिक वर्ष ०७८/७९ मा कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ छ ।