काठमाडौं । शैलेश्वरी पावर नेपाल लिमिटेडले आईपीओ प्रस्तावसहित पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा होटल ए वान प्यालेस, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।