सूर्योदय वोमी लघुवित्तको साधारण सभा पुस २८ मा

Garima_Business-Loan3

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो तेह्रौं वार्षिक साधारण सभा पुस २८ गते आइतबार गर्ने भएको छ । शुक्रबार साँझ बसेको २३० औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।लघुवित्तको सभा यही पुस २८ गते ललितपुरको लुभुस्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्गमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाको शेयर दाखिल खारेज ( बुक क्लोज) पुस २१ गते आइतबार एक दिन बन्द गर्ने भएको छ । सभामा लघुवित्तले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र ०.९६२३५०५ प्रतिशत नगद लाभांश कर समेत वितरणको प्रस्ताव पारित गर्नेछ।

त्यस्तै साथै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। त्यसैगरी,भविष्यमा अन्य लघुवित्तसँग मर्जरका लागि र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डा समावेश छन् ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार