काठमाडौं । नेपालमा पछिल्लो समय आइपीओ निष्कासनका लागि आवेदन दिने कम्पनीहरूको सङ्ख्या बढेको छ। आज मात्रै दुई हाइड्रोपावर कम्पनीहरूले आफ्नो आइपीओ निष्कासन प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएका छन्।
ग्लोबल हाइड्रोपावर एसोसिएटस् र सुपरखुदी हाइड्रोपावरले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेका छन्। ग्लोबल हाइड्रोपावरले पुस २९ गतेको लागि साधारण सभा बोलाएको छ, जुन काठमाडौंको नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो साढे १२ बजेबाट शुरु हुनेछ।
त्यस्तै, सुपरखुदी हाइड्रोपावरले पनि पुस २९ गते सभा राखेको छ, र यो सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। दुबै कम्पनीले यस सभामा आफ्नो आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछन्।
सभामा यी कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका अन्य महत्त्वपूर्ण विषयमा पनि छलफल गर्नेछन्।