काठमाडौं । नेप्सेमा सूचीकृत मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, मिथिला लघुवित्त, माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते बुकक्लोज मिति तोकेका छन् । यी कम्पनीको लाभांस सुरक्षित गर्न पुष १० गते सार्वजनिक बिदा भएका कारण आज अन्तिम दिन रहेको हो ।
आज लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेका यी पाँच कम्पनीले क्रमस मञ्जुश्री फाइनान्सले चुक्ता पुँजीको ६.३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने आरएसडिसी लघुवित्तले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ त्यसैगरी मिथिला लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । माउन्टेन इनर्जी नेपालले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।