काठमाडौं । शेयर बजार लगातार दुई दिन बढेको छ । सोमबार बढेको शेयर बजार मंगलबार पनि दोहोरो अंकले बढेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.५८ अंकले बढेर ४४९.१५ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.२५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९३ अंकले बढेको छ ।
मंगलबार ३१२ वटा कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब २० करोड २२ लाख ६३ हजार पुगेको छ । जुन सोमबारको तुलनामा ७७ करोड २२ लाख ३९ हजारले बढी हो । सोमबार ३२८ वटा कम्पनीको ८९ लाख ८ हजार ८५१ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ४३ करोड २४ हजार पुगेको थियो ।
मंगलबार १६७ वटा कम्पनीको शेयर मूल्य बढ्दा ७१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार ११ वटा समूह परिसूचक बढ्दा बाँकी २ वटा समूह परिसूचक घटेको छ । बैंकिङ ११, विकास बैंक ९५, वित्त ५०, होटल र पर्यटन ६०, जलविद्युत २५, लगानी ०.९५, जीवन बीमा ३६, लघुवित्त ४६, म्युअुचल फण्ड ०.०२, निर्जीवन बीमा ७० र अन्य समूह ९ अंकले बढ्दा उत्पादन र प्रशोधन १६२ र व्यापार २१ अंकले घटेको हो ।
मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा जानकी फाइनान्स, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स, माउन्टेन इनर्जी र न्यादी हाइड्रोपावर रह्यो । जानकी फाइनान्सको २० करोड ७ लाख, जोशी हाइड्रोपावरको १९ करोड २७ लाख, नेपाल फाइनान्सको ९ करोड ५२ लाख, माउन्टेन इनर्जीको ८ करोड ६३ लाख र न्यादी हाइड्रोपावरको ८ करोड ५९ लाख कारोबार रकम रह्यो ।