मन्दाकिनी हाइड्रोपावरले १२५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।

मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरद कुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको २०८१ मंसिर ७ गते सम्पन्न भएको एघारौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापूँजीको १२५ प्रतिशत अर्थात् १:१.२५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नको लागि उक्त सम्झौता सम्पन्न भएको हो ।

यस कम्पनीले प्रवर्द्धन गरेको सार्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको छ । आयोजनाबाट २०७४ मंसिरदेखि ४ मेगावाट बराबर विद्युत उत्पादन भइरहेकाे छ ।

हकप्रद शेयर जारी गरी कम्पनीले माथिल्लो सार्दिखोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना बनाएको छ ।

अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार