सीडीएससीको सीईओमा प्रविन पन्दाक नियुक्त

काठमाडौं । धितोपत्र कारोबार राफसाफ कम्पनी सीडीएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा प्रविन पन्दाक नियुक्त भएकी छन् ।

सीडीएससीको आइतबार बसेको सञ्चालक समिति बैठकले पन्दाकलाई ४ वर्षे कार्यकाल रहेको सीईओ पदमा नियुक्त गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

उनी यसअघि सीडीएससीकै सञ्चालक सदस्य थिइन् । यसअघिका सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सीडीएससी प्रमुख कार्यकारीविहीन रहँदै आएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार