कुमारी बैंकको ५० हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ५० हजार १९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले यही पुस १५ गतेबाट विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखेर यी शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रारको कार्यालय, नागपोखरी, नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

यी शेयरको मूल्य विक्रेताले तोकेबमोजिम हुने जानकारी कम्पनीले दिएको छ । विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार