काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ५५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा विक्री नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य व्यक्ति तथा संस्थाहरुले आगामी ७ दिनभत्रि आवेदन पेश गर्नुपर्नेछ ।
इच्छुक खरीदकर्ताहरुले आगामी ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेड, सुन्धारा, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।