RE
Global College

गरिमा म्युचूअल फण्ड अन्तर्गत ”गरिमा समृद्घि योजना” को इकाई बाँडफाँड

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना ”गरिमा समृद्घि योजना” को इकाई बाँडफाड भएको छ । गरिमा समृद्धि योजना इकाई पुस १८ गते बाँडफाँड भएको क्यापिटलले जानकारी दिएको छ ।

गरिमा समृद्घि योजनाको बीज पुँजी सहित प्रति इकाई अंकित मूल्य रु. १० दरको १० करोड रुपैयाँ पुस ७ गते देखि पुस ११ गते सम्मका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४ हजार ६ सय ८१ जना आवेदकहरु मार्फत १२ करोड १८ लाख ७८ हजार ५ सय १० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको क्यापिटलले जानकारी गराएको छ । उक्त अवधिभर रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन पर्न आएकोले विद्यमान ”सामूहिक लगानी कोष निर्देशिका, २०६९” मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने हुँदा इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई ”धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” को अधिनमा रहि आज पुस १८ गते बिहानको ९:०० बजे निष्काशन तथा बिक्री प्रबन्धक श्री एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाई बाँडफाँड गरी बीज पूँजी सहित योजनाको आकार १ अर्ब २५ करोड रुपैयाँ अर्थात १२ करोड ५० लाख इकाई कायम गरी सफलतापूर्वक सम्पन्न गरिएको हो ।

 

NECO

Leave Your Comment

Related News