फस्र्ट माइक्रोफाइनान्सले ९ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं ।फस्र्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभामार्फत् ९ प्रतिशत बढी लाभांश पारित गरेको छ । संस्थाको काठमाडौंमा बसेको १५ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ०.४७ प्रतिशत नगद लाभांश र ९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो ।

लाभांश पारित सँगै संस्थाको चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख नाघेको छ । सभाले संस्थको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत गरेको छ ।

सभाले संस्था र अन्य कुनै लघुवित्त वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति आवश्यक भएको अवस्थामा गाभ्ने/गाभिने तथा प्राप्ति कार्य सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने निर्णय गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार