२६५३ विन्दुमा नेप्से, ६ अर्ब बढीको काराबोर

काठमाडौं । शेयरबाजर निरन्तर चार दिन बढेको छ । आइतबार बढेको शेयर बजार सोमबार, मंगलबारका साथै बुधबार पनि बढेको हो ।

बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.५३ अंकले बढेर २६५३.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.०१ अंकले बढेर ४५१.५० विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.७१ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.३३ अंकले बढेको हो ।

बुधबार ३०५ वटा कम्पनीको १ करोड ५५ लाख २ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा १ अर्ब २ करोड ३३ लाख २० हजारले बढी हो । मंगलबार ३०५ वटा कम्पनीको १ करोड २० लाख ८१ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार रहेको थियो । साथै बजार पुँजीकरण रकम भने ४४ खर्ब ९१ करोड ८५ लाख पुगेको छ ।

बुधबार १३९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ९५ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार ६ वटा समूह परिसूचक बढ्दा ७ वटा घट्न पुगेको छ ।
विकास बैंक १३९, वित्त १४३, जलविद्युत १०, जीवन बीमा ५२, उत्पादन र प्रशोधन २८ , लघुवित्त ७९ अंकले बढ्दा बैकिङ ४, होटल र पर्यटन ४, लगानी ०.३९, म्युअुचल फण्ड ०.०२, निर्जीवन बीमा १७, व्यापार ७१ र अन्य समूह ५ अंकले घटेको हो ।

बधुबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा ङादी हाइड्रोपावर, सिन्धु विकास बैंक, सुपर मार्दी हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र नेपाल फाइनान्स रह्यो । ङादी हाइड्रोपावरको २२ करोड ५३ लाख, सिन्धु विकास बैंकको १९ करोड ७७ लाख, सुपर मार्दी हाइड्रोपावर लिमिटेडको १८ करोड , ंएनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १५ करोड ४२ लाख र नेपाल फाइनान्सको १४ करोड ७४ लाख बराबर कारोबार भयो ।

बुधबार समृद्धि फाइनान्स, सिन्धु विकास बैंक र चिरुखा हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार