माछापुच्छे बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणाले खरिद गर्न पाउने

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज शुक्रबार देखि ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा आवेदन दिन सक्नेछन् । उनीहरुले खरिद इकाइ सहित आवेदन दिनुपर्ने हुन्छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार