महिला लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

पुस २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।

अघिल्लो आव २०७९/८० को मुनाफाबाट पनि कम्पनीले कुनै पनि लाभांश वितरण गरेको थिएन । कम्पनीले आव २०७८/७९ को नाफाबाट ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश दिएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार