कुमारी बैंककको २४ औं वार्षिक साधारण सभा माघ २१ मा

काठमाडौं । कुमारी बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा माघ २१ गते गर्ने भएको छ ।

सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुडिखेल काठमाडौंमा गर्न लागेका हो । सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले सहायक कम्पनी कुमारी क्यापिटल र के।बि।एल सेक्यूरिटिज लिमिटेडको गत आवको वित्तीय विवरण पनि पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि बैंकले माघ ११ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा माघ १० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार