काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको ५० लाख ११ हजार ५१२ कित्ता शेयरको ‘लक-इन’ अवधि आउँदो फागुन ३ गतेबाट सकिँदै छ ।
हाल कम्पनीको संस्थापकतर्फको ५० लाख ४०० कित्ता र कर्मचारीतर्फको ११ हजार ११२ कित्ता शेयर ‘लक-इन’मा रहेको छ ।
‘लक-इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीले २०७८ फागुन ४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो । सर्वसाधारणमा शेयर बाँडफाँट भएको मितिले ३ वर्षसम्म कम्पनीका संस्थापक र कर्मचारीको शेयर ‘लक-इन’मा राख्नुपर्ने प्रावधान छ ।