काठमाडौं । बिहीबार दोहोरो अंकले घटेको शेयर बजार आइतबार पनि दोहोरो अंकले घटेको छ ।
साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.५५ अंकले घटेर ४४३.९९ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.६७ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.४६ अंकले घटेको हो ।
आइतबार ३०१ वटा कम्पनीको ८० लाख २१ हजार ६३१ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार रह्यो । जुन बिहीबारको तुलनामा कारोबार रकम ३ अर्ब ३० करोड ७४ लाख ३३ हजारले कम हो । बिहीबार ३०८ वटा कम्पनीको १ करोड ५७ लाख २३ हजार कित्ता शेयर कारोबार हुदाँ करोबार रकम ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रहेको थियो । साथै बजार पुँजीकरण रकम भने ४३ खर्ब २८ अर्ब ६७ करोड १३ लाख लाख पुगेको छ ।
आइतबार ४४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १९३ वटाा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आइतबार शतप्रतिशत समूह परिसूचक घटेको छ । बैंकिङ १२, विकास बैंक ८८, वित्त १०९, होटल र पर्यटन ५२, जलविद्युत ५३, लगानी ०.३९, जीवन बीमा १६, उत्पादन र प्रशोधन ९२, लघुवित्त ४३, म्युअुचल फण्ड ०.०८, निर्जीवन बीमा ९२, व्यापार ४९ र अन्य समूह १२ अंकले घटेको हो ।
आइतबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सिन्धु विकास बैंक, सिंगटी हाइड्रोपवार, हिमालयन पावर पार्टनर लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रह्यो ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २० करोड ४१ लाख, सिन्धु विकास बैंकको १८ करोड ८० लाख, सिंगटी हाइड्रोपवारको १६ करोड ४९ लाख, हिमालयन पावर पार्टनर लिमिटेडको १३ करोड ३४ लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ५२ लाख बराबर कारोबार भयो ।