एनसेलको सधैं अनमा अब फ्रि अनलिमिटेड नाइट डेटा पाइने

काठमाडौं । एनसेलले ग्राहकहरुलाई  आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्ने एनसेलले जनाएको छ  ।
बिहीबार (पुष २५)बाट शुरु भएको यो योजना अन्तर्गत सधैं अनका रु ३९९ बाट शुरु हुने बेस्ट र रु ७९९ बाट शुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राती ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्ने कम्पनीले बताएको छ  । यसका प्रयोकर्ता ग्राहकले बन्डल सेवा, सुविधा बाहेक अब ग्राहकहरुले यो नाइट डेटा पनि पाउँछन् ।

सधैं अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागु गरेको हो । रु ३९९, रु ४९९, रु ५९९ का बेस्ट प्याक र रु ७९९, रु ९९९ र रु १,४९९ का अनलिमिटेड प्याक लिने ग्राहकहरुले यो योजनाबाट फाइदा लिन सक्छन् ।

कम्पनीले  थप सुविधा बाहेक कम्पनीले यी प्याकहरु लिने ग्राहकलाई यस अघि नै अनलिमिटेड यूट्युबमा पहुँच प्रदान गर्दै आएको जनाएको छ  ।

२८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याक अनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ । त्यसैगरी सधैं अनको अनलिमिटेड प्याकका ग्राहकहरुले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अन लिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन् ।

एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैं अन योजना संचालनमा ल्याएको थियो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार