काठमाडौं । सुनको मूल्य बढेको छ । सोमबार छापावाल सुन प्रति तोला सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रति तोला १ लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी प्रति १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो । आइतबार पनि चाँदीको कारोबार मूल्य समान रहेको थियो ।