सिद्धार्थ बैंकको ४ प्रतिशत नगद लाभांश पारित

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा आइतवार सम्पन्न सभाले बैंकको चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले बैंकको चुक्तापूँजी रू। १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ को ४ प्रतिशतले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ नगद लाभांश कर प्रयोजन सहित लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

सभाले ‘एसबिएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ सम्बन्धित नियमनकारी निकायको स्वीकृतिपश्चात् जारी गर्ने लगायत प्रस्ताव पारित गरेको छ । साथै, बैंकको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र वीरेन्द कुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।

सर्वसाधारण शेयरधनी समूहकै तर्फबाट अंकित केडिया (लेभरेज होल्डिङ्ग्स प्रालिका प्रतिनिधि) र भोजन अर्याल (रिनुवल इन्भेष्टमेन्ट प्रालिका प्रतिनिधि) निर्विरोध चयन भएका हुन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार