काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले पुस २९ मा बोलाएको वार्षिक साधारण सभा गणपुरक संख्या नपुगे सँगै स्थगित भएको छ ।
उक्त स्थगित साधारण सभा माघ ८ गते बोलाएको छ । कम्पनीले यसअघि राखेका सबै एजेन्डाहरु यथावत् गर्दै सभा बोलाएको हो । कम्पनीको सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावालाखेल, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी, अन्य कम्पनीलाई प्राप्ति गर्न तथा मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा पनि छलफल हुने बताइएको छ । साधारण सभा प्रयाजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ । बुकक्लोज मिति तय भए सँगै पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।