काठमाडौं । बिहीबार देखि घटेको शेयर बजार बुधबार भने बढेको छ ।
साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.४१ अंकले घटेर ४३९.०१ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.०२ अंकले बढ्दा र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५९ अंकले घटेको हो ।
बुधबार २९९ वटा कम्पनीको १ करोड ७ लाख ४५ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार कारोबार रकम पुगेको छ । जुन सोमबारको तुलनामा ८२ करोड ५९ लाख ७९ हजारले कम हो । सोमबार ३२२ वटा कम्पनीको १ करोड ३८ लाख ७० हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार पुगेको थियो । साथै आइतबार ३०१ वटा कम्पनीको ८० लाख २१ हजार ६३१ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार पुगेको थियो ।
बुधबार १२४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १०८ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बुधबार ७ वटा समूह परिसूचक बढ्दा बाँकी ६ वटा समूह परिसूचक घटेको छ । विकास बैंक ५८, होटल र पर्यटन १०७, जलुविद्युत ६३, जीवन बीमा १०, उत्पादन र प्रशोधन ३२, अन्य समूह ०.७७ र व्यापार समूह ०.७१ अंकले बढ्दा बैंकिङ ११, वित्त १०१, लगानी ०.०७, लघुवित्त २६, म्युअुचल फण्ड ०.०३ र निर्जीवन बीमा ५१ अंकले घटेको हो ।
बुधबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सुपर मार्दी हाइड्रोपावर लिमिटेड, सिन्धु विकास बैंक, पिपुल्स हाइड्रोपावर कम्पनी र रिभर फल्स पावर रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ४९ लाख, सुपर मार्दी हाइड्रोपावर लिमिटेडको ३० करोड ८८ लाख, सिन्धु विकास बैंकको १९ करोड ८४ लाख, पिपुल्स हाइड्रोपावर कम्पनीको १८ करोड ४ लाख र रिभर फल्स पावरको १७ करोड ८६ लाख बराबर करोबार भयो ।