RE
Global College

आज पनि सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन प्रतितोला ४सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार भने प्रतितोला १ हजार २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मूल्य बढे सँगै बिहीबारको सुन तोलाको १ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको छ। बुधबार भने सुन प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँ थियो।

महासंघले बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेर १ हजार ८ सय ८० रुपैयाँ पुगेको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।

NECO

Leave Your Comment

Related News