CLI

महालक्ष्मी विकास बैंकले लाभांश रकम शेयरधनीको खातामा जम्मा गर्दै

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न भएकै दिनदेखि नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट यस वर्ष कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।

कम्पनीले हाल कायम चुक्तापूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँको आधारमा ३ प्रतिशत बोनस शेयर र कर समेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभा सम्पन्न भएको दिनदेखि कर समेत ४ प्रतिशत नगद लाभांश सम्बन्धित शेयधरनीहरुको बैंक खातामा जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ ।

यस वर्ष कम्पनीले गत वर्षको तुलनामा लाभांश बढी वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले कर समेत ६ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्षको लाभांश वितरणको क्रममा कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गरेकाले पुस १५ गते सार्वजनिक विदा परेसँगै पुस १४ गतेसम्म कायम शेयधरनीहरुले मात्र पाउनेछन् । नगद लाभांश वितरण गरिसकेको कम्पनीले बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि सम्बन्धित शेयधरनीहरुको हितग्राही खातामानै जम्मा गर्ने बताएको छ ।

पुस १४ गतेसम्म शेयर धितो राखी कर्जा उपयोग गरेका सदस्यहरुले सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त गरी कम्पनीमा पेश गरेपछि मात्र नगद लाभांश वितरण गरिने जानकारी समेत कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Leave Your Comment

Related News