मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा हूँदै लाभांस पारित गर्ने

काठमाडौं । मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज विदुर–४, बट्टार, नुवाकोटमा हुँदैछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको  ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव रहेको छ । सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

त्यस्तै, कम्पनीमा रहेको संस्थापक सेयरधनीको स्वामित्व ५९.४० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४०.६० प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्याउने एजेन्डा पनि छ ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार