आरएसडिसी लघुवित्तको नाफा ३६ प्रतिशतले घट्यो

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको मुनाफामा कमी आएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा ३६ प्रतिशतले घटेको जनाएको हो ।
आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुरुप संस्थाको चालु आर्थिक वर्षको पुसमसान्तसम्म ४ करोड ४१ लाख ८२ हजार नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ करोड ५१ लाख २२ हजारले कम हो । गत आर्थिक वर्षको पुसमसान्तसम्ममा संस्थाको नाफा ६ करोड ९३ लाख ४ हजार रहेको थियो ।

समीक्षा अवधिमा संस्थानको सञ्चालन मुनाफा, सञ्चालन आम्दानी र ब्याज आम्दानी समेत घटेको छ । पुसमसान्तसम्म सञ्चालन नाफा ६ करोड ४६ लाख ६९ हजार रहेको छ । संस्थाको सञ्चालन मुनाफा जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३ करोड ४३ लाख ३७ हजारले कम हो । गत आर्थिक वर्षको पुसमसान्तसम्ममा संस्थाको सञ्चालन नाफा ९ करोड ९० लाख ६ हजार रहेको थियो ।

चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा कुल सञ्चालन आम्दानी ११ करोड ४१ लाख ५० हजार रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ करोड ६७ लाख ३ हजारले कम हो । गत आर्थिक वर्षको पुसमसान्तसम्ममा संस्थाको कुल सञ्चालन आम्दानी १३ करोड ८ लाख ५३ हजार रहेको थियो ।

चालु आर्थिक वर्षको पुसमसान्तसम्म संस्थाको  खुद ब्याज आम्दानी ८.११ प्रतिशतले घटेर ११ करोड २१ लाख १६ हजार रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमो तुलनामा ९८ लाख ९५ हजारले कम हो । गत आर्थिक वर्षको पुसमसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी १२ करोड २० लाख ११ हजार रहेको थियो ।

समीक्षा अवधिमा सम्पत्तिमा भने वृद्धि भएको छ । चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा संस्थाको कुल सम्पत्ति ७ अर्ब ४३ करोड ५७ लाख १६ हजार रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा ८० करोड १० लाख ६७ हजारले बढी हो । गत आर्थिक वर्षको पुसमसान्तसम्मा संस्थाको कुल सम्पत्ति ६ अर्ब ६३ करोड ४६ लाख ४९ हजार रहेको छ ।

कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम ५२५ प्रतिशतले बढेर २ करोड ६० लाख पुगेको छ। त्यस्तै कम्पनीको नेट फि तथा कमिशन आम्दानी पनि घटेको छ। यी कारणले कम्पनीको खुद नाफामा गिरावट आएको देखिन्छ ।

कम्पनीको चुक्ता पुंजी ९४ करोड ४३ लाख रहेको छ भने रिजर्भमा ३० करोड ४९ लाख रहेको छ। यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने ३ करोड ६७ लाख रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा रहेको छ। कम्पनीको खराब कर्जा १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेको छ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार