नेटाले ८१८ मिलियन अमेरिकी डलर लगानी पायो, उत्पादन पुन सुरु हुने

काठमाडौं । चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन अर्थात (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ। यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरु गरेको हो ।

नयाँ लगानी प्राप्त गरेरसँगै नेटाले २०२५ मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित गर्नेछ र बिक्रीलाई दोब्बर पार्ने योजना बनाएको छ। नेटाको घरेलु बिक्री २०२४ को अन्त्यतिर घटेको थियो। चाइना ईभी डाटा ट्र्याकरका अनुसार, नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१ हजार ५९२ युनिट बिक्री गरेको थियो । जुन ४०.२ प्रतिशतको वार्षिक गिरावट देखिएको थियो। यद्यपि, नेटाका अध्यक्ष फाङ युनझोउले २०२५ मा सकल नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन्।

ठूलो बाह्य लगानी 
DoNews रिपोर्ट अनुसार, नेटाले करिब ६ अर्ब युआन लगानी प्राप्त गरेको छ। रिपोर्टका अनुसार, राज्य(स्वामित्वका सम्पत्ति र विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक CATL ले यो लगानीमा सहभागिता जनाएका छन्। २०२३ को जनवरीमा, नेटा CATLको Bedrock च्यासिस प्रयोग गर्न सम्झौता गर्ने पहिलो कम्पनी बनेको थियो । नेटाको Crossover CATL को Freevoy ब्याट्री (सोडियम मिसिएको) प्रयोग गर्ने पहिलो मोडेलहरू मध्ये एक हो। यसले नेटा र CATL बीच लामो साझेदारी रहेको देखाउँछ। कम्पनीका एक कर्मचारीका अनुसार, कम्पनीले सञ्चालन सुनिश्चित गर्न आन्तरिक समायोजन पूरा गरिसकेको छ। अटोमोबाइल उत्पादन र बिक्रीपछिका पार्ट्स आपूर्ति कायम राख्न कम्पनीको मुख्य ध्यान केन्द्रित छ। हाल नेटाले चीनभित्र डिलरशिप नेटवर्कमा ध्यान केन्द्रित गरिरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा ध्यान
२०२५ जनवरी १७ मा, नेटाले दोस्रो अन्तर्राष्ट्रिय डिलर र लगानीकर्ता सम्मेलन आयोजना गरेको थियो । २०२५ मा, कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गर्दै बिक्री दोब्बर पार्ने लक्ष्य राखेको छ। गत वर्ष, नेटाले अन्तर्राष्ट्रिय देशहरूमा ३० हजार युनिट गाडी बेचेको थियो । अहिलेको लक्ष्य भनेको ६० हजार युनिट बिक्री हो। नेटाले यसअघि दुईदेखि तीन वर्षभित्र आधा बिक्री घरेलु बजार र आधा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने योजना साझा गरेको थियो। घरेलु बजारमा भइरहेको कडा मूल्य प्रतिस्पर्धाबाट बच्न कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई अवसरको रूपमा लिएको छ। हाल नेटाले दक्षिणपूर्व एशिया तथा मध्य र दक्षिण अमेरिकाका करिब ४० देशहरूमा १८० भन्दा बढी बिक्री च्यानल विस्तार गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार