काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो जारी पूँजी पचहत्तर करोडको ३० प्रतिशतले हुन आउने बाइस करोड पचास लाख रुपैंया रकम बराबरको प्रति शेयर रु. १ सयका दरले २२ लाख ५० हजार कित्ता साधारण शेयर मध्ये दश प्रतिशत १० प्रतिशत २ लाख ५० हजार कित्ता साधारण शेयर श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि आज २०८१ माघ ०८ गते मंगलबारदेखि निष्काशन गर्न लागेको हो । आवेदकले ढिलोमा माघ २२ सम्ममा आवेदन दिन सक्नेछन् ।
प्राथमिक शेयर (आइपिओ)मा आवेदन दिने आवेदकले न्यूनतम १० कित्ता र अधिकत्तम शेयर: १,००,००० कित्ता शेयरको लागि आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण | गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि-आस्बा ( C-ASBA) प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, भरतपुर, चितवनमा मुख्य कार्यालय राखेर बीमा सम्वन्धी कार्य गरिरहेको छ । प्राथमिक शेयर आइपिओको लागि कम्पनीको बिक्रि प्रवन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले केयर रेटिङ्ग नेपाल लिमिटेड, काठमाडौंबाट मिति २०८१ भदौ ६ मा “CARE – NP BB – ( Is ) ” प्रमाणपत्र प्राप्त गरेको छ ।