अधिकांस तरकारीको मूल्य यथावत बन्दा र काउलीको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत रहेको  छ । हिजो प्रति केजी औसत मूल्य ६५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रहेको छ जुन हिजोको मूल्यमा बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य २२ रुपैँया ६७ पैँसा रहेकोमा आज प्रतिकेजी औसत मूल्यसोही रहेको छ  । जुन हिजोको मूल्य बराबर हो ।

गोलभेडा सानो भारतीयको मूल्य आज घटेको छ हिजो प्रतिकेजी ३७ रुपैँया ६७ पैसामा कारोवार भएको गोलभेडा सानो भारतीय आज ३२ रुपैँया ६७ पैसा रहेको छ जुन हिजोको मूल्यमा १३.२७ प्रतिशत कम हो । गोलभेडा सानो तराईको मूल्य आज बढेको छ हिजोको बजारमा प्रति केजी २७.६७ मा कारोवार भएको गोलभेडा तराई आज प्रति केजी औसत मूल्य ३० रुपैँया रहेको छ जुन हिजोको तुलनामा ८.४२ प्रतिशत बढि हो ।

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ४०.३३ रुपैँयामा कारोबार भएको आलु रातो आज ४४.३३ औसत मूल्य कायम भएको छ । जुन हिजोको मुल्य भन्दा ९.९२ प्रतिशत बढी हो । आलु रातो भारतीयको मूल्य बढेको  छ हिजो प्रति केजी ३८ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ४२.३३ रुपैयामा कारोबार भइरहेको छ ।  प्याज सुकेको मुल्य आज बढेको छ हिजो प्रतिकेजी औसत मुल्य ६४ रुपैँया प्रति केजी  कायम भएकोमा आज बढेर औसत मूल्य ६९ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य बढेको छ। हिजो प्रति केजी ४५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा २२.२२ प्रतिशत बढी हो ।

गाजर तराइको मूल्य यथावत छ  हिजोको बजारमा प्रतिकेजी औसत मूल्य३५ रहेको गाजर तराइ आज पनि प्रति केजी औसत मूल्य ३५  रहेको छ । जुन हिजोको तुलनामा बराबर हो

बन्दा लोकलको मूल्य घटेको छ हिजो औसत मुल्य २५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी २० रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।  बन्दा तराइको मूल्य हिजोको मूल्य घटेको छ हिजो प्रतिकेजी औसत मूल्य १७.६७ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य १७.६७ रुपैँया  छ । जुन हिजोको तुलनामा बराबर हो ।

काउली स्थानीयको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी १५ रुपैँया कायम भएकोमा आज प्रति केजी १२.३३ रुपैँया भएको छ जुन हिजोको मूल्य भन्दा १७.८० प्रतिशत कम हो । काउली ज्यापुको मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य २५ रुपैँया प्रति केजीमा कारोबार भएको काउली ज्यापु आज २२ रुपैँया प्रति केजी पुगेको छ  । जुन हिजोको मूल्य भन्दा ९.३२  प्रतिशत कम हो ।

मुला सेतोको मूल्य आज घटेको छ हिजो प्रतिकेजी २५ रुपैँयामा कारोबार भएको मूला सेतो आज प्रति केजी औसत मूल्य १७.६७ रहेको छ । जुन हिजोको तुलनामा २९.३२ प्रतिशत कम हो । मुला सेतो हाइब्रिडको मूल्य घटेको  छ । हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २६ रुपैँया छ जुन हिजोको तुलनामा २८.५७ प्रतिशत कम हो ।

भण्टा लाम्चोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ३५ रहेको छ । जुन हिजोको तुलनामा बराबर हो ।  भण्टा डल्लोको मूल्य यथावत छ  । हिजो प्रति केजी ४५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा बराबर हो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार