काठमाडौं । सुनको मूल्य बढेको छ । मंगलबार छापावाल सुन प्रति तोल ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला १ लाख ५७ हजार रुपैयाँमा कारोबरा भएको थियो ।
चाँदी प्रति तोला १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रति तोला १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।